-गजल-
-रवि प्राञ्जल
हुने खाने त्यता तिर l
हुँदा खाने यता तिर l
उतै तिर चल्छ सुवास
चल्छ हावा जता तिर l
पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर l
ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य-कथा तिर l
जता हेरूँ अँध्यारै छ
खोजूँ 'रवि' कता तिर ?
-
0 comments:
Post a Comment