Pages

Sunday, June 10, 2012

     
                 गजल

धुवाँ - धुलो खडेरी मै फुलेको छ चैत  ।
प्रिये तिमी फुल्ने भए म'नि फुल्छु है त ।

शिखरमा पुगेपछि धरातलै बिरस्यौ,
तिमी लड्दा काँध थाप्ने तिम्रा साथी खै त ?

जति बढोस् रुवाउने र रुने बीच दुरी,
हुन्न आखिर जित यहाँ रुवाउने कै त ।

देखाउने दाँत जस्तै भयो 'नै ति क ता',
खोजूँ कता, भेटिँदैन पहिलो अक्षर 'नै' त ।

भित्र रम्छ एउटा चरा बाहिर रुन्छ अर्को,
म 'नि रुन्छु संसार यो सम्झिएर द्वैत ।

रवि प्राञ्जल
१६ चैत्र २०६८
काठमाडौ ।

0 comments:

Post a Comment