यस बेला
तार छिनेको यन्त्रमा
निषाद’ सुनिन्छ ‘षडज’
र विफल भएको छ
साधकको रियाज
यस बेला -
बेसुरमा छ गायक ।
असमान गतिमा
अनियन्त्रित छ लय,
र लय भुलेर बेतालमा
वाल्ज’मा बज्छ‘रूपक’
यस बेला -
अस्थिर छ वादक ।
छन्दहीन पंक्तिहरूमा
आरूढ छ
कविको अप्रकट भाव,
र भङ्ग भएको छ
गति र यतिका नियम
यस बेला -
मुडहीन छ कवि । ·
-
रविप्राञ्जल
काठमाडौँ ।
0 comments:
Post a Comment