Pages

Friday, May 11, 2012

गर्दिन म बैगुनीले  करले गर्ने जस्तो माया
गर्छु म त पीपलुलाइ बरले गर्ने जस्तो माया ।
-गजल-
        -रवि प्राञ्जल
हुने खाने त्यता तिर l
हुँदा खाने यता तिर  l

उतै तिर चल्छ सुवास
चल्छ हावा जता तिर l

पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर l

ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य-कथा तिर l

जता हेरूँ अँध्यारै छ
खोजूँ 'रवि' कता तिर ?
            -